२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् । उनले आफ्नो राजीनामाबाट प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा समेत मागेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij