२०८२ माघ २९ गते बिहिवार
काठमाडौं । गिनिज पब्लिक सेकेण्डरी स्कुलले शुक्रबार र शनिबार गरी २ दिन बिद्यालयको आफ्नै प्राण्गड सानो बाइपास, तारकेश्वर ६ काठमाडौंमा ३१ औं अभिभावक दिवस तथा मेघा ट्यालेन्ट हन्ट भव्यताका साथ सम्पन्न गरेको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनज्युको प्रमुख आतिथ्यता तथा सदाबहार गायिका कुन्ती मोक्तानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७०० जना भन्दा बढी अभिभावक तथा ६०० जना भन्दा बढी बिद्यार्थी सहभागी भएका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट शैक्षिक निर्देशक सुजन बाबु भट्टले स्वागत मन्तब्य, प्रधानाध्यापक हरि प्रसाद गोतामेले बिद्यालयको बार्षिक प्रगति प्रतिबेदन र संचालक समितिका अध्यक्ष राजन गोतामेले विद्यालयको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षक जनक ढकाल र शिक्षिका एन्जिला लामिछाने सहित बिद्यार्थी भाइबहिनीहरुको संचालनमा सम्पन्न दुई दिने कार्यक्रममा मेघा ट्यालेन्ट हन्टको अलावा पीजी देखि १० कक्षा सम्मका बिधार्थी भाइ बहिनीहरुको तीन दर्जन बढी नृत्य, संगीत, प्रहसन, उद्घोषण ,कराते शो, राष्ट्रिय सेवा दलको परेड सो प्रस्तुत भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले उपस्थित अभिभावकज्यूहरुलाई आफ्ना बालबालिकाको लागि निर्धक्क शिक्षामा लगानी गर्न प्रोत्साहित गर्दै आफु नगरपालिका भरिकै शैक्षिक स्तर अझै वृद्धि गर्न लागि परेको बताए । साथै कार्यक्रमका विशिष्ट अतिथि तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीले उपस्थित अविभावकहरुलाई गिनिज बिद्यालय चयन गरी आफ्ना बाबु नानीहरुलाई अध्यापन गराएकोमा धन्यवाद दिंदै बिद्यालयको र कार्यक्रमको प्रगतिको शुभकामना दिए । कार्यक्रममा तारकेश्वर एजुकेसन फोरमका अध्यक्ष अवसर पौडेल, अभिभावक आशिष घिमिरे, पुर्व बिद्यार्थी आशिष तिमिल्सिना लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा सदाबहार गायिका कुन्ती मोक्तान र गायक रमेश पाठकको प्रस्तुति संगै अभिभावक र बिद्यार्थी झुमेका थिए ।
विद्यालयको तर्फबाट राष्ट्रिय, अन्तराष्ट्रिय, नगरपालिका स्तरीय, अन्तर सदनात्मक प्रतियोगिता लगायत, विभिन्न प्रतिस्पर्धा र विधाका बिजेता ५५६ भन्दा बढी बिद्यार्थीलाई ट्रफी, पदक र सम्मान वितरणका साथै मेघा ट्यालेन्ट हन्टका सबै बिधाहरुका बिजेता, सहबिजेता र उपबिजेताहरुलाई ट्रफी, रिबन र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा मन्टेश्वरी ट्यालेन्ट हन्ट अन्तर्गत विभिन्न १६ जना युकेजीका छात्र, छात्राहरुले फरक फरक उपाधि प्राप्त गरेका थिए । जस अन्तर्गत सयुरा तामाङ्गले द बेस्ट क्याटवाक, सुदिन तिमिल्सिनाले द पोलाइट पार्टीसीपेन्ट, सयेरा बिन्दुकारले द निट एंड टाइडी च्याम्पियन, प्रणब उप्रेतीले द जोयफुल लर्नर , सुमिता तामाङ्गले द चीयर्फुल च्यालेंजर, इभान सुनारले द एनेर्जेटिक प्रेजेन्टर, दीपशिखा बिस्टले द फ्रेण्डली फेस, कृष्ण बलामीले द जेन्टल लीडर, सेलिना श्रेष्ठले द फेशन आइकोन, किशोर श्रेष्ठले द एलेगेंट पर्फोर्मर, सारिका सेन्चुरीले द करेजिअस स्पिरिट, अनमोल बुढाले द इगर लर्नर, उत्तमा तामाङ्गले द कुइक लर्नर, डेविड राना मगरले द कन्फिड़ेन्ट कम्युनिकेटर, आहना महर्जनले द क्रीयटिभ जेनस, बिनय खत्रीले द काइन्डनेस एम्बासडर उपाधि प्राप्त गरेका थिए ।
सम्बन्धित विधामा ख्यातिप्राप्त बाह्य निर्णायकहरुद्वारा ११८ जना अन्तिम प्रतियोगीहरु मध्येबाट जुनियर तर्फ २४ जना र सिनियर तर्फ २४ जनाले विभिन्न उपाधि चुम्न सफल भएका थिए । जुनियरतर्फ जुनियर आर्टिस्टमा प्रबेश श्रेष्ठ बिजेता, प्रसंशा नकर्मी सहबिजेता र आभाष केसी उपबिजेता, जुनियर न्यूज एंकरमा शान्भी शर्मा बिजेता, यंजी घले सह बिजेता, र मुन्सून रिजाल उपबिजेता, जुनियर पब्लिक स्पिकरमा स्मृति राई बिजेता, शान्भी शर्मा सहबिजेता र आरुषी लामिछाने उपबिजेता, जुनियर क्रियटिभ आइकोनमा आशिर्बाद अर्याल बिजेता, प्रज्ना उप्रेती सह बिजेता र दाउद सिंह लो उपबिजेता, जुनियर एक्टिंग स्टारमा सुमिना लामा बिजेता, संस्कार तिमिल्सिना सहबिजेता र द्रिशंत फुयाल उपबिजेता, जुनियर सिङ्गरमा मिन्ग्मार तामाङ्ग बिजेता, उर्वशी गुरुङ सहबिजेता र सुयोग्या देवकोटा उपबिजेता, जुनियर डान्सरमा सुमिना लामा बिजेता, ट्वीन्कल गुरुङ सहबिजेता र अनुस्का तामाङ्ग उपबिजेता र जुनियर म्युजिसियनमा अविक महर्जन बिजेता, सिम्सोन सुनार सहबिजेता र त्रिसम न्यौपाने उपबिजेता घोषित भएका थिए ।
सिनीयरतर्फ भने सिनियर आर्टिस्टमा सिमा लामिछाने बिजेता, अबिगेल तामाङ्ग सहबिजेता र अरिना खड्का उपबिजेता, सिनियर न्यूज एंकरमा सुप्रिमा लामा बिजेता, सिमा लामिछाने सहबिजेता र आकृती रुपाखेती उपबिजेता, सिनियर पब्लिक स्पिकरमा लक्ष्मी तामाङ्ग बिजेता, उत्कर्ष घिमिरे सहबिजेता र परिश्मा श्रेष्ठ उपबिजेता, सिनियर क्रियटिभ आइकोनमा परिश्मा श्रेष्ठ बिजेता, उत्कर्ष घिमिरे सहबिजेता र सुम्निषा लिम्बु उपबिजेता, सिनियर एक्टिङ्ग स्टारमा कृषि थापा बिजेता, आयुष घिमिरे सहबिजेता र सज्जन खतिवडा उपबिजेता, सिनियर सिंगरमा श्रीबिद् तिमिल्सिना बिजेता, सोनाली गुरुङ सहबिजेता र अविगेल तामाङ्ग उपबिजेता, सिनियर डान्सरमा सम्झना थापा मगर बिजेता, सोफिया महर्जन सहबिजेता र प्रदिन्शा तामाङ्ग उपबिजेता र सिनियर म्युजिसियनमा अविक महर्जन बिजेता, सोमराज महर्जन सहबिजेता र रोहन तामाङ्ग उपबिजेता घोषित भई उपाधि कब्जा गरे ।
कार्यक्रमका निर्णायकहरुमा संगीत र गायनमा सदाबहार गायिका कुन्ती मोक्तान र रमेश पाठक, नाटकमा नाट्य निर्देशक सन्दीप डंगोल, आर्टम़ा चित्रकार नर बहादुर बिके, साहित्य सिर्जनामा केसरी अम्गाई, समाचार बाचन र भासणकलामा निर्देशक हिमाल बस्नेत, नृत्यमा नृत्य निर्देशक श्री कमल राई र कृष्ण रसाल रहेका थिए ।
साथै सो कार्यक्रममा उत्कृष्ट गिनिज बर्ष बिद्यार्थी सम्मानबाट लाक्पा छेवाङ्ग तामाङ्ग, उत्कृष्ट गिनिज बर्ष खेलाडी सम्मानबाट सक्षम थापा, गिनिज पुर्व बिद्यार्थी छात्रवृत्ति सम्मानबाट छात्रवृत्ति सहित लक्ष्मी तामाङ्ग, उत्कृस्ट गिनिज बर्ष शिक्षक सम्मानबाट शिक्षिका झरना सारु मगर र उत्कृस्ट गिनिज बर्ष कर्मचारी सम्मानबाट जानुका अम्गाईलाई सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij