Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

मर्स्याङ्दी गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु

मर्स्याङ्दी गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु


  • 673
    Shares

    • images
    मर्स्याङ्दी गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु

    काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार बिहान भएको गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु भएको छ भनेसात जना घाइते भएका छन् । 

    बुधबार बिहान भुजुङबाट कालढुङ्गातर्फ जाउँदै गरेको गाडी अनियन्त्रित भई मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेमा दुर्घटना भएको थियो। दुर्घटनामा क्व्होलासोथर गाउँपालिका-४ भुजुङकी ७४ वर्षीया मलकुमारी गुरूङ घाइते भएकी थिइन्। 

    दुर्घटनामा गम्भीर घाइते गुरुङलाई उपचारका लािग प्रदेश अस्पताल, लमजुङ लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ। 

    घाइतेहरूको लमजुङ अस्पतालमै उपचार भइरहेको छ। गाडी चाकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १७:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij