२०८२ माघ २९ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।
बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।
गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताएका छन् ।
भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ । भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij