२०८२ माघ २९ गते बिहिवार
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका-४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्यामा अर्का एक आरोपित पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका आशिष पाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाको जङ्गलबाट पक्राउ गरिएको हो । यसअघि मंगलबार राति राजेन्द्र डडाललाई पक्राउ गरिएको थियो ।
घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।
घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको डीएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij