२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौं-तराई मधेस दु्रतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्रयाकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खन्नेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा एक्कासी उक्त मेसिनको ब्रेकफेल भई करिब २१ मिटर तल खस्दा टुचन मेसिनमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका र उपचारको लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij