२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टो करेन्सीमा संलग्न रहेको आरोपमा बाराको कलैया का–२० का २४ वर्षीय मोहम्मद सेफलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोग लगाउँदै गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको भन्दै सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न मागदाबी गरेको थियो।
साथै बरामद भएका मोबाइल फोन र सिम कार्डहरू समेत जफत गर्न माग गरिएको छ।
मोबाइलको प्रारम्भिक जाँचका क्रममा उनको ‘बाइनन्स’ एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेन्सीको ठुलो कारोबार भएको फेला परेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij