२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परेर दुई बालकसहित तीनजना अझै बेपत्ता भएको खुलेको छ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन्।
घटनामा थप तीनजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर राजन अधिकारीले जानकारी दिएका छन्।
बेपत्ता हुनेमा विशाल सुनुवार, रोनिस तामाङ र कृचन तामाङ छन्। रोनिस ८ र कृचन ९ वर्षका बालक हुन्। रोनिसकी आमा रमिला र कृचनकी आमा ताराको दुर्घटनामा निधन भइसकेको छ। बेपत्ता बालक पनि आमासँगै यात्रामा रहेका आफन्तले बताएका छन्।
मृतकका आफन्तले दुर्घटनामा ज्यान गुमाउने कसैको पनि शव बुझ्न मानेका छैनन्। चालकको लापरबाहीले दुर्घटना भएको भन्दै उनीहरुले शब बुझ्न नमानेका प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij