२०८२ भाद्र ५ गते बिहिवार
जनकपुरधाम । कोरोना संक्रमणका कारण नेकपा एमालेका पूर्वसांसद एवं पोलिटब्यूरो सदस्य योगनारायण यादव मृत्यु भएको छ ।
धनुषाका सह–इन्चार्जसमेत रहेका धनुषाको सबैला नगरपालिका निवासी ५७ वर्षिय नेता यादवको उपचारको क्रममा काठमाणडौँस्थित मेडिसिटी होस्पिटलमा मृत्यु भएको जनाइएको हो ।
मृगौला प्रत्यारोपणका भर्ना भएका नेता यादवको कोरोना संक्रमणका कारण उनको मृगौला प्रत्यारोपण हुन नसक्दै बिहीबार बिहान मृत्यु हुन गएको नेकपा धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले बताएका छन् ।
मेडिसिटी होस्पीटलमा उनको गत ४ दिनदेखि मृगैला सम्बन्धि उपचार हुँदै आएको थियो र उपचारकै क्रममा नेता यादवमा संक्रमण पुष्टि भएको कुरा इन्चार्ज मण्डलले बताए । उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्ने बारे छलफल भइरहेको एमालेका धनुषाका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।
केपी ओली निकट मानिएका नेता यादव २०५६ सालमा धनुषा-२ बाट सांसदमा निर्वाचित भएका थिए भने २०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदको रूपमा धनुषा २बाटै एमाले कोटामा सदस्यमा चयन भएको थियो । नेता यादवको परिवारमा दुई श्रीमती र दुई छोरा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij