२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका-४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ ।
यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षकहेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल रहेका छन् । हबल्दार घर्तीको हत्या आरोपमा यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेका थिए ।
थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल फरार रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij