Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

क्यानडाको विद्यालयमा गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते

क्यानडाको विद्यालयमा गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते


  • 764
    Shares

    क्यानडाको विद्यालयमा गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौं । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ। दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ। 

    मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। रोयल क्यानेडियन माउन्टेड पुलिसका अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।

    अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ। आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

    विद्यालयमा भएको नरसंहारको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो। यससँगै मृतकको संख्या नौ पुगेको छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

    करिब दुई हजार चार सय जनसंख्या रहेको यो पहाडी सहरमा भएको घटनापछि प्रहरीले थप घरहरूको खानतलासी गरिरहेको छ। प्रहरीले हाललाई सर्वसाधारणका लागि कुनै खतरा नरहेको स्पष्ट पारेको छ। यसअघि जारी गरिएको घरभित्रै सुरक्षित बस्न दिइएको आदेश पनि साँझतिर हटाइएको थियो। घटनाको गाम्भीर्यलाई हेर्दै उक्त क्षेत्रका विद्यालयहरू साताभरका लागि बन्द गरिएको छ।

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १३:२१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij