Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

हाई प्रोफाइललाई धम्क्याउने प्रकाश पाठक पक्राउ, फिलिपिन्सबाट ल्याइयो नेपाल

हाई प्रोफाइललाई धम्क्याउने प्रकाश पाठक पक्राउ, फिलिपिन्सबाट ल्याइयो नेपाल


  • 743
    Shares

    हाई प्रोफाइललाई धम्क्याउने प्रकाश पाठक पक्राउ,  फिलिपिन्सबाट ल्याइयो नेपाल

    काठमाडौं । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

    काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । पाठकविरुद्ध इन्टरपोलबाट  डिफ्युजन नोटिस जारी गरिएको थियो ।

    नोटिस जारी भएपछि उनी  फिलिपिन्समा लोकेट भएका थिए । पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए । सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । 

    पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  

    प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । 

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १२:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij