Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ३ करोड ७३ लाख नाफा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ३ करोड ७३ लाख नाफा


  • 806
    Shares

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ३ करोड ७३ लाख नाफा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४३.२९ प्रतिशतले घटेको छ। 

    कम्पनीले २ अर्ब ३० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क २५.४१ प्रतिशतले बढी हो। कम्पनीले यस अवधिसम्म १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६१.९४ प्रतिशतले बढी हो।

    चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। 

    चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २.८५ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२७.४३ रुपैयाँ रहेको छ।

     

    images
    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - ११:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij