Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

नेकपाको चुनावी घोषणापत्रः ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण दिने

नेकपाको चुनावी घोषणापत्रः ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण दिने


  • 358
    Shares

    नेकपाको चुनावी घोषणापत्रः ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण दिने

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मंगलबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

    पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ‘उद्यमशीलता विकास’लाई उच्च प्राथमिकतामा राखेको छ, जसअनुसार दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने घोषणा गरिएको छ ।

    नेकपाको प्रतिबद्धतामा स्पष्ट रूपमा उल्लेख गरिएअनुसार उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहने दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १० वर्षका लागि १ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ । यो ऋणमा लाग्ने ब्याजदर जम्मा ५ प्रतिशत मात्र हुने भनिएको छ । 

    पार्टीले उद्यमशीलता विकासका लागि अन्य थुप्रै महत्त्वपूर्ण योजनाहरू पनि अघि सारेको छ । ‘शिल्पी उद्यमशीलता’ अन्तर्गत दलित समुदायका परम्परागत सीपहरू, जस्तैः लोहारकला, छाला उद्योग, निर्माण तथा हस्तकलालाई आधुनिक व्यावसायिक रूपमा रूपान्तरण गर्न विशेष अनुदान, तालिम, प्राविधिक सहयोग र बजार पहुँच कार्यक्रम सञ्चालन गरिनेछ । 

    त्यसैगरी, आदिवासी जनजाति उद्यमशीलतालाई प्रवर्द्धन गर्न आदिवासी समुदायका परम्परागत सीपहरू र उत्पादनहरू, जस्तैः हस्तकला, चित्रकला, काष्ठकला, जडीबुटी प्रशोधन, सांस्कृतिक पर्यटन तथा स्थानीय रक्सी उत्पादनलाई व्यावसायिक बनाउन गुणस्तर नियन्त्रण, ब्रान्डिङ र निर्यात प्रवर्द्धन गरिने घोषणापत्रमा उल्लेख छ । 

    महिला नेतृत्वको उद्यमशीलताु लाई प्रोत्साहन दिन महिलाहरूलाई घरेलु उद्योग, कृषि प्रशोधन, हस्तकला, आईटी तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा, तालिम, बजार सहयोग तथा मेन्टरिङ कार्यक्रमहरू सञ्चालन गरिने पनि उल्लेख छ । महिला उद्यमीहरूका लागि ुमहिला उद्यम विकास कोषु पनि स्थापना गरिने घोषणा गरिएको छ । 

    युवा नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विकासका लागि स्टार्टअप तथा आईटी उद्यमलाई पनि पार्टीले विशेष प्राथमिकता दिएको छ । स्टार्टअप कार्यक्रमको पुनरवलोकन गरी निःशुल्क दर्ता, सुरुका ५ वर्षसम्म शुल्क छुट तथा त्यसपछि प्रगतिशील सुविधा दिने, विशेष इन्क्युबेसन केन्द्र स्थापना गर्ने र आईटी पार्कहरूमार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गरिने उल्लेख छ । 

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १९:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij