Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

रामेछाप बस दुर्घटना: १२ जनाको मृत्यु, सवारी चालक प्रहरीको नियन्त्रणमा

रामेछाप बस दुर्घटना: १२ जनाको मृत्यु, सवारी चालक प्रहरीको नियन्त्रणमा


  • 1.2K
    Shares

    रामेछाप बस दुर्घटना: १२ जनाको मृत्यु, सवारी चालक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । 

    मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।

    सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिएका छन् ।

    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन् । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।

    627792241_1456486362669467_1738694303992613570_n.jpg

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १६:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij