Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै एमाले

निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै एमाले


  • 484
    Shares

    निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै एमाले

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव संकलन गरेको छ ।

    पार्टीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । कतिपय जनवर्गीय सङ्गठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएका उनले बताए । 

    हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्रका लागि सुझाव सङ्कलन गरिरहेका छौँ, उनले भने, ती सुझाव सङ्कलनका आधारमा घोषणा पत्रको अन्तिम मस्यौदा बनाउँदै छौँ ।

    फागुन पहिलो साता पार्टीको घोषणा पत्र सार्वजनिक गरिने सचिव डा. अधिकारीले बताए ।

    एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । 

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १५:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij