२०८२ माघ २८ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश यात्रामा निस्किएका छन् ।
उनी मधेश प्रदेशको सप्तरी हुँदै सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा र नयाँ चौक-चोहर्वा मार्ग पार गर्दै कल्याणपुरतर्फ प्रस्थान गरेका हुन् ।
कल्याणपुरपछि बालेनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अवलोकन गर्ने कार्यक्रम छ । यात्राका क्रममा बालेनलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न स्थानमा स्वागत गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij