२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने निर्माणाधिन पक्कि पुल भन्दा केहि दक्षिणमा रहेको भिरबाट बस तामाकोशीमा झरेको छ । काठमाडौंबाट रामेछाप तर्फ जादै गरेको यात्रुबाहक बस केहि बेर अघी मात्र तामाकोशीमा झरेको हो ।
दुर्घटनामा धेरै संख्यामा हताहती भएको अनुमान स्थानीयले गरेका छन् । दुर्घटनास्थान नजिकै रहेका निर्माण व्यवसायीका अनुसार केहि मानिस र सामान तामाकोशीमा बगेको अवस्थामा देखिएका छन् ।
दुर्घटनाग्रस्त गाडी तामाकोशी नदीमा परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोला भट्टका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij