२०८२ फाल्गुण २८ गते बिहिवार
काडमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा छ।
हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले (मंगलबार बिहान १० बजे) को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७९ एक्युआई पुगेको छ। इन्डेक्सका अनुसार यो मापन विश्वका प्रदूषित शहरको आठौँ नम्बर हो।
गएको आइतबार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो।
आज विश्वकै सबैभन्दा प्रदूषित सहर बंगलादेशको राजधानी ढाका छ। जहाँको प्रदूषण यतिबेला ३०२ एक्युआई छ। त्यसैगरि भारतको राजधानी नयाँ दिल्लीको एक्युआई अहिले २७४ छ भने पाकिस्तानको लाहोरको २५९ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij