Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय


  • 1.0K
    Shares

    जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । 

    सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। 

    सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । 

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १८:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij