Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

२४ घण्टामा लमजुङमा केन्द्रबिन्दु बनाएर ८६ पटक भूकम्पको धक्का, अझै आउने क्रम जारी

२४ घण्टामा लमजुङमा केन्द्रबिन्दु बनाएर ८६ पटक भूकम्पको धक्का, अझै आउने क्रम जारी


  • 6.2K
    Shares

    • images
    २४ घण्टामा लमजुङमा केन्द्रबिन्दु बनाएर ८६ पटक भूकम्पको धक्का, अझै आउने क्रम जारी

    लमजुङ। लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४.१, ८ बजेर २६ मिनेटमा ५.३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४.५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

    बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटक–पटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भएको स्थानीयवासीको बताएका छन्। यसरी पटकपटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । भूकम्पमा छ जना घाइते भएका छन् भने २०० घरमा क्षति पुग्यो ।

     

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १२:२८:३९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij