Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनकः सांसद विसी

संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनकः सांसद विसी


  • 330
    Shares

    संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनकः सांसद विसी

    काठमाडौं । नेकपा (एमाले)की सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताएकी छन्  । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । । 

    उनले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताइन् । आवश्यक कानून समयमा नबन्दा विकासका काममा प्रत्यक्ष बाधा पुगेको उनको भनाइ थियो। सांसद विसीले सार्वजनिक खरिद ऐन, वन ऐन, निकुञ्ज ऐन र शिक्षा ऐनलगायत महत्वपूर्ण कानूनहरू तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
    उहाँले अन्तरमन्त्रालय तथा अन्तरसरकारी समन्वय सुदृढ हुनुपर्नेमा जोड समेत दिइन् ।

    उनले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट प्रस्तुत हुन सके विकास प्रक्रियाले गति लिने पनि बताइन् । 

    उनले भनिन्, ‘संविधान बनेको तीन वर्षमा बन्नुपर्ने कानून १० वर्षसम्म पनि बन्न नसक्नु आज पनि आज पनि २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा देश चलाउँदा मुलुकको विकासमा पाि वाधा परेको छ । सार्वजनिक खरिद ऐन, वन ऐन, निकुञ्ज ऐन र शिक्षा ऐन लगायत ऐनहरु संशोधन गर्नुपर्ने अनिवार्यजस्तै छ । अन्तरमन्त्रालय र अन्तरसरकारबीच समन्वय हुन आवश्यक ठानेको छु । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट आउँदा राम्रो हुने थियो । सरकारका मन्त्री र प्रतिनिधिहरुले आधिकारिक फोरमहरुमा दिएका आवश्वासन र कार्यान्वयनको पाटो फितलो देखिन्छ । नियमित रुपमा अनुगमन गर्न आर्थिक स्रोत र जनशक्तिको समेत कमी छ । यथार्थ नबुझि जनतालाई गलत आश्वासन दिने प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।संसदीय समितिले दिएका निर्देशन तथा सुझावहरु हरेक मन्त्रालय र निकायले कार्यान्वयन गर्नैपर्ने कानूनी व्यवस्था भए राम्रो हुन्थ्यो भन्ने मलाई लागेको छ ।’

    उनले नियमित अनुगमनका लागि आर्थिक स्रोत र जनशक्तिको अभाव रहेको उल्लेख गर्दै यथार्थ नबुझी जनतालाई गलत आश्वासन दिने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताइन्। संसदीय समितिहरूले दिएका निर्देशन र सुझाव सबै मन्त्रालय तथा निकायले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था गरिनुपर्नेमा उनको जोड छ । 

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १५:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij