Logo

२०८२ माघ २७ गते मंगलवार

२०८२ माघ २७ गते मंगलवार

इटालीविरुद्ध स्कटल्यान्डको उत्कृष्ट सुरुआत

इटालीविरुद्ध स्कटल्यान्डको उत्कृष्ट सुरुआत


  • 687
    Shares

    इटालीविरुद्ध स्कटल्यान्डको उत्कृष्ट सुरुआत

    काठमाडौं । स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ मा इटालीविरुद्धको ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ । 

    सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले इटालीविरुद्ध सुरुआती ६ ओभरमा बिना कुनै विकेटको क्षतिमा ४९ रन बनाएको छ । 

    हाल क्रिजमा रहेका ओपनर जर्ज मुन्सीले ४१ रन बनाएका छन् । अर्का ओपनर माइकल जोन्स सात रनमा खेलिरहेका छन् । खेलमा इटाली विजयी सुरुआतको खोजिमा छ । इटालीले विश्वकप छनोटअन्तर्गत युरोपियन क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान बनाएको थियो । स्टकल्यान्ड भने पहिलो जितको खोजिमा छ । 

    स्कटल्यान्डले यसअघि पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटको हार व्यहारेको थियो । यी दुवै समूह ‘सी’मा छन् । यो समूहमा स्कटल्यान्ड र इटालीसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज र नेपाल छन् ।

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - ११:५७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij