Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सीआईबीको असई हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ

सीआईबीको असई हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ


  • 1.1K
    Shares

    सीआईबीको असई हुँ भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ

    काठमाडौं । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन्। उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी थिइन्।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्। 

    उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्। सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र ठगी गर्ने गरेको पाइएको छ।

    निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी उधारो लगेर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। 

    प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन्। डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुलेको छ। 

     

     

    images
    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - ११:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij