Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

ललितपुरमा ८३ वर्षीय वृद्ध हत्यामा पक्राउ परेका ३ भारतीय कारागार चलान

ललितपुरमा ८३ वर्षीय वृद्ध हत्यामा पक्राउ परेका ३ भारतीय कारागार चलान


  • 1.2K
    Shares

    ललितपुरमा ८३ वर्षीय वृद्ध हत्यामा पक्राउ परेका ३ भारतीय कारागार चलान

    काठमाडौं । ललितपुरमा भएको ८३ वर्षी वृद्ध गर्जमान थापाको हत्या घटनामा पक्राउ परेका तीनै जना भारतीय नागरिक कारागार चलान भएका छन् ।

    कारागार चलान हुनेहरूमा सदाम भनिने मोहमद सद्दाम मन्सुरी, छोटु भनिने युसुफ हवारी र २२ वर्षीय मोहमद नोमान रहेका छन् ।

    उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । गत शुक्रबार न्यायाधीश टेकराज जोशीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरूलाई ललितपुरकै नख्खु कारागार चलान गरिएको छ ।

    उनीहरूले ८३ वर्षीय गर्जमानको हत्या गरेको आरोप छ । ललितपुर महानरपालिका–१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभरि टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।

    २ दिनपछि गर्जमान बस्ने ठाउँ नजिकैको एक इनारभित्र सेतो बोराको पोको देखिएको थियो । ठूलो, शंकास्पद पोको फेला परेपछि प्रहरीले इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमानको शव रहेको पुष्टि भएको थियो ।

     

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १४:१०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij