Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

राप्रपाका सहायक महामन्त्रीले त्यागे पार्टी

राप्रपाका सहायक महामन्त्रीले त्यागे पार्टी


  • 785
    Shares

    राप्रपाका सहायक महामन्त्रीले त्यागे पार्टी

    काठमाडौं । राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पदत्यागको घोषणा गरेका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

    शाहले आफूले पार्टीलाई राजीनामाबारे जानकारी गराइसकेको जानकारी दिएका छन् । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्न प्रयास गर्नुको साटो पार्टी नेतृत्व व्यक्तिगत स्वार्थमा अलमलिएको उनको बुझाइ छ । 

    उनले राजीनामा दिएकोबारेमा सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको मितिबाट मैले राप्रपाको सबै पद तथा सदस्यबाट राजीनामा दिएको जानकारी गर्दछु। मलाई गएको साढे तीन वर्ष साथ सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई हृदयदेखिन नै धन्यबाद १ राप्रपामा देशभरि हजारौँ इमानदार नेता कार्यकर्ता छन् । तर नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेछ भन्ने अनुभूति भयो ।’

    केहीअघि राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए । 

     

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १२:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij