Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङदेन

‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङदेन


  • 904
    Shares

    ‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन्। कामठाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेका नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन्। अध्यक्ष लिङदेनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक-पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरेका छन् । उनले सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप लगाएका छन् ।

    संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरेका छन् ।  दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भत्र्सना गरेका छन्। देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिएका छन्।

    उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गरेका छन् । उनले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गरेका छन् । 

    उनले भने, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरुले बनाइदिएको राजनीतिक पार्टी होइन । कसैको जुठो कुरो खाएर विदेशीहरुको आशिर्वादबाट बनेको पार्टी होइन ।

     

     

    images
    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - ११:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij