२०८२ माघ २६ गते सोमवार
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ४२ दिनका लागि उक्त रकम तान्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यस उपकरणका लागि माघ २५ गते दिउँसो २:०० बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल हुने भएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप दिन चाहने संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी २०८२ चैत ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij