Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

धादिङ दुर्घटना अपडेट : एक जना ट्रिपर चालकको मृत्यु, केही घाइते

धादिङ दुर्घटना अपडेट : एक जना ट्रिपर चालकको मृत्यु, केही घाइते


  • 1.0K
    Shares

    धादिङ दुर्घटना अपडेट : एक जना ट्रिपर चालकको मृत्यु,  केही घाइते

    काठमाडौं ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दाङबाट काठमाडौ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ ।

    घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन् । तस्बिरः जिल्ला प्रहरी कार्यालय धादिङ

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १०:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij