२०८२ माघ २६ गते सोमवार
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले घाटा घटाएको छ।
चालु वर्षको पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर २ अर्ब ८ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २०.१९ प्रतिशतले बढेको छ।
कम्पनीको सञ्चालन मुनाफा ३९ लाख ७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीलाई ३३ करोड ६७लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
चुक्तापुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ७० लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५.२७ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij