Logo

२०८२ माघ २४ गते शनिवार

२०८२ माघ २४ गते शनिवार

मौसम पूर्वानुमान

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान


  • 743
    Shares

    यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ।

    आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :माघ २४ २०८२ शनिवार - ०८:४८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij