Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

झापा पुगे ओली

झापा पुगे ओली


  • 554
    Shares

    झापा पुगे ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।  शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै अध्यक्ष ओली चुनावी जिल्ला तथा क्षेत्र झापा पुगेका हुन् । 

    विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका छन् । उनले झापालाई सूर्यमय बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरेका छन् । 

    अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व सभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । 

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १६:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij