Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

सडक छेउमा भेटियो एक युवतीको शव

सडक छेउमा भेटियो एक युवतीको शव


  • 827
    Shares

    सडक छेउमा भेटियो  एक युवतीको शव

    काठमाडौं । धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

    महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।

    महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १५:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij