Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

रवि लामिछानेले सुरु गरे चुनावी प्रचार

रवि लामिछानेले सुरु गरे चुनावी प्रचार


  • 547
    Shares

    रवि लामिछानेले सुरु गरे चुनावी प्रचार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरेका छन् । 

    शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् । 

    सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताएका छन् । चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिवाद नगर्न उनले अनुरोध गरेका छन् । 

    सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १४:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij