Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

सीमावर्ती भारतीय बजारबाट अवैध हतियारसहित एक पक्राउ

सीमावर्ती भारतीय बजारबाट अवैध हतियारसहित एक पक्राउ


  • 1.0K
    Shares

    सीमावर्ती भारतीय बजारबाट अवैध हतियारसहित एक पक्राउ

    काठमाडौं । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया छेउ गुवावारी घाटबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा लिइएको हो।

    नियमित जाँच तथा गोप्य सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा पल्सर मोटरसाइकलमा सवार एक सन्दिग्ध युवकलाई रोकी जाँच गर्दा दुई थान घरेलु पेस्तोल र सोमा प्रयोग हुने चार थान जिउँदो गोली बरामद भएको एसएसबीले जनाएको छ।

    पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला कुन्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज रहेको जनाइएको छ। उनी लामो समयदेखि सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेको आशंका गरिएको सुरक्षा स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।  

     

    images
    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १२:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij