Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीय बालिकाको निधनप्रति बोल्यो रास्वपा

गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीय बालिकाको निधनप्रति बोल्यो रास्वपा


  • 750
    Shares

    गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीय बालिकाको निधनप्रति बोल्यो रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको खबरले स्तब्ध भएको बताएको छ ।

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले  स्तब्ध र मर्माहत भएको बताएको हो ।

    विज्ञप्तिमा भनिएको छ,‘ पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ’।

    रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टी पङ्क्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गरेको छ ।

    prativha_0quzsKlSZB.jpg

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १२:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij