Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एशियन लाइफको व्यापारसँगै बढ्यो नाफा

एशियन लाइफको व्यापारसँगै बढ्यो नाफा


  • 827
    Shares

    • images
    एशियन लाइफको व्यापारसँगै बढ्यो नाफा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)को वित्तीय विवरण सार्वजनिक गरेको छ।

     सार्वजनिकवित्तीय विवरण अनुसार पहिलो ६ महिनामा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ५.३० प्रतिशतले बढेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ११.९१ प्रतिशतले बढेको छ। कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.४९ प्रतिशतले बढेको छ।

    कम्पनीको शेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले बढेको छ।

    शेयरपुँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १०.५४ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ४४.९४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ।  

     

     

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १०:४१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij