Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

नेप्सेसँगै बढ्यो कारोबार रकम

नेप्सेसँगै बढ्यो कारोबार रकम


  • 498
    Shares

    नेप्सेसँगै बढ्यो कारोबार रकम

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८ को विन्दुमा कायम भएको छ । 

    आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ। 

    त्यस्तै, यस दिन जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

    22.JPG

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १५:३३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij