Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

७ सय ४९ स्थानीय तहहरुमा फोर–जी सेवाको पहुँचः सञ्चार सचिव बस्नेत

७ सय ४९ स्थानीय तहहरुमा फोर–जी सेवाको पहुँचः सञ्चार सचिव बस्नेत


  • 694
    Shares

    ७ सय ४९ स्थानीय तहहरुमा फोर–जी सेवाको पहुँचः सञ्चार सचिव बस्नेत

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानिय तहहरुमा फोर–जी सेवाको पहुँच विस्तार भएको बताएकि छिन् । बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सवमा टेलिकम सञ्चालक समितिकी अध्यक्ष समेत रहेकि बस्नेतले डिजिटल डिभाइड न्युनिकरणमा उल्लेखनीय प्रगति हासिल गरिएको बताएकि हुन। 

    नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उनको भनाई छ । प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना बढ्दै गएको उनले बताइन् । उनकाअनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ ।

    देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरिन् । विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको सचिव बस्नेतको भनाइ छ । 

    यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने उनले बताइन् । टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पु¥याउन आवश्यक रहेको बताइन् । 

     

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १४:३८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij