Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच के भयो छलफल ?

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच के भयो छलफल ?


  • 400
    Shares

    प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच के भयो छलफल ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताएका हुन् । 

    भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् । 

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्की र ओलीबिच भेट भएको बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए । 

    निकट स्रोतका अनुसार वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए । 

    जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् ।  बिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल चलेको बताइएको छ ।

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १४:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij