Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन

बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन


  • 267
    Shares

    बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । 

    बिहीबार मन्त्री चौलागाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा।विजय जैसीसहितको उच्च अधिकारीहरूको टोलीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डको स्थलगत निरीक्षण गरेको हुन्।

    निरीक्षणका क्रममा मन्त्री चौलागाईंले निर्माण कम्पनीलाई कामको गति बढाउँदै तोकिएको समयमै गुणस्तरीय पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आगामी वर्षायाम सुरु हुनुअगावै यातायात सञ्चालनमा सहजता ल्याउने गरी काम गर्न र आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् । 

    गत वर्ष २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले यो राजमार्ग करिब २९ किमी क्षतिग्रस्त बनेको छ ।

    करिब २९ किलोमिटर यो सडक चार प्याकेजमा विभाजन गरिएकोमा तीनवटा प्याकेजको ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु भएको छ । 

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १३:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij