Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

८ सहकारीलाई घर खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

८ सहकारीलाई घर खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम


  • 1.4K
    Shares

    ८ सहकारीलाई घर खाली गर्न काठमाडौं  महानगरको अल्टिमेटम
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ ।

    ८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै महानगरले ७ दिनको अल्टिमेटम दिएको हो ।तोकिएको समयमा घर खाली नगरे काठमाडौं महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ। 

    आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई महानगरले अल्टिमेटम दिएको छ । 

    सूचनामा सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति–लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा संस्थाका सदस्यहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनिएको छ ।

    महानगरले तोकिएको समयभित्र सहकारी संस्थाका व्यक्तिहरु सम्पर्कमा नआएमा बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाएको छ ।

    624453620_892990176669931_7678965838955195013_n_XFcqqY6S1k.jpg

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १२:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij