Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन्ः केपी ओली

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन्ः केपी ओली


  • 715
    Shares

    आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन्ः केपी ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन् । झापावासीहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताएका छन्। उनले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताएका छन् । 

    उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको बताएका छन्। प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्नेहरु बेवकुफ वा अपराधी भएको बताएका छन्। ओलीको यो अभिव्यक्ति भदौ २३ गतेको जेनजी प्रदर्शन तथा हिंसात्मक घटनासँग सम्बन्धित छ । 

    जसमा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो । सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन्  भने छानबिनको माग पनि गरेका छन् । 

    उनले भने, सबैले बा भने भन्ने रिसले यिनीहरुले केही मान्छे मार्ने परिस्थिति बनाएर उ हत्यारा हो भनेर भन्दैछन् । आगो लगाएर मार्ने उनीहरु अनि हत्यारा हुने केपी ओली ।  

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - ११:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij