Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार

झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार


  • 1.2K
    Shares

    झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
    images

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा ढुंगा प्रहार भएको छ। 

    रास्वपा सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको हो। स्थानीय जयकुमार अधिकारीको घरमा राति करिब साढे १२ बजे नचिनेका मानिसले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ।

    उक्त घरको माथिल्लो तलामा रास्वपाको सम्पर्क कार्यालय छ। ढुंगा भने घरधनी बस्ने कोठाको झ्यालको सिसामा प्रहार भएको हो। ढुंगा प्रहारबाट झ्यालको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। 

    प्रहरीका अनुसार, ढुंगा प्रहारबाट रास्वपा कार्यालयमा भने कुनै क्षति भएको छैन।  घरधनी बस्ने फ्ल्याटको झ्यालको सिसा मात्रै फुटेको छ। 

    घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटना कसले र कुन उद्देश्यले गरेको हो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। 

    झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीचको चुनावी प्रतिस्पर्धाले चर्चामा छ। 

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - ११:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij