२०८२ माघ २२ गते बिहिवार
काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार क्यानडासँग खेल्दै छ।
चेन्नइमा हुने दोस्रो अभ्यास खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल आज क्यानडालाई पनि जित्ने योजनामा छ।
क्यानडासँग अभ्यास खेल खेलेपछि नेपाली क्रिकेट टोली मुम्बइ आउनेछ। नेपालले आइतबार इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij