२०८२ माघ २१ गते बुधवार
काठमाडौं । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरिन्।
भेटका क्रममा दुवै पक्षबीच नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिदै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् ।
राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हालेकि छिन् । उनले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक तथा बंगलादेशमा उप-उच्चायुक्तको रूपमा कार्य गरेको थियो । यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij