Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

विद्युत् चुहावट हुँदा बूढानीलकण्ठमा आगलागी

विद्युत् चुहावट हुँदा बूढानीलकण्ठमा आगलागी


  • 624
    Shares

    विद्युत् चुहावट हुँदा बूढानीलकण्ठमा आगलागी

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको ।

    गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

    उनले भने, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ ।”

    यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

        

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १४:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij