२०८२ माघ २१ गते बुधवार
काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन्। बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
नेता पोखरेलले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी गरेका छन् । उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरुले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको बताएका छन्।
वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पु¥याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताएका छन् ।
उनले भने, ‘नेकपा एमाले एउटा यस्तो शक्ति हो, जसलाई कमजोर बनाउन, सिध्याउन अनेक खालका षडयन्त्रपूर्ण गतिविधिहरु हुने गरेका छन् । देखिने, नदेखिने, भित्रका, बाहिरका यस खालका गतिविधिहरु हुने गरेका छन् ।
नेता पोखरेलले जेनजी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij