Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

सूर्यकुण्डकाे आईपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन

सूर्यकुण्डकाे आईपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन


  • 456
    Shares

    सूर्यकुण्डकाे आईपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा लगानीकर्ताहरूको उत्साहजनक आकर्षण देखिएको छ। मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा मागभन्दा ४१.०६ गुणा बढी आवेदन परेको छ।

    कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा आजसम्ममा २० लाख ४९ हजार २८५ जना आवेदकले कुल २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन ४१ गुणाभन्दा बढी हो।

    लगानीकर्ताहरूले कुल २ अर्ब ३५ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन्। मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण यो शेयर गोला प्रथा  बाट मात्र बाँडफाँट हुने निश्चित भएको छ।   

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १४:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij