Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने


  • 1.3K
    Shares

    कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
    images

    काठमाडौं । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।

    स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढदै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किसोरीलाई खोप लगाउने तयारी गरिएको छ ।

    गत वर्षको अभिायनमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयरका कोल्डचेन अधिकृत कुवँरले बताए ।

    “प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ”, कुवँरले भने, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा उच्च जोखिमयुक्त मानिन्छ । नेपालमा पनि महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनले देखाएका छन् ।

    स्वास्थ्य अधिकारीका अनुसार यौन सम्पर्क हुनुपूर्व किशोरी अवस्थामै यो खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । सुरुवाती चरणमा खासै लक्षण नदेखिने यो रोगबाट बच्न खोपका साथै ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकको सुझाव छ।

    सरकारले यस रोगको भार कम गर्न राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १३:२४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij